बडादशैँको सातौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ।
अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकाे धार्मिक बिश्वास छ।
नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ। काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू-गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ।
दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ।।






प्रतिक्रिया राख्नुहोस्