दसैँ सुरु सँगै बिपी र अरनिको राजमार्गमा सवारी चाप बढ्यो

 काभ्रे — दसैँको फूलपाती अघिल्लो दिन आज काभ्रे भएर गुड्ने अरनिको तथा बिपी राजमार्गमा यात्रुवाहक सवारीसाधनको चाप एकाएक बढेको छ ।

पूर्वका विभिन्न जिल्ला तथा तराईका सात जिल्लालाई राजधानीसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको बनेपा–बर्दिबास बिपी राजमार्ग र अरनिको राजमार्गमा सामान्य दिनको तुलनामा करिब दस गुणा बढी सवारीसाधन चल्न थालेपछि प्रहरीलाई व्यवस्थापनमा समेत समस्या भइरहेको छ ।

दसैँ नजिकिँदै जाँदा दैनिक साना–ठुला गरी ३० हजारभन्दा बढी सवारी राजधानीबाट बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । बिपी राजमार्ग छोटो दूरीको कारणले गर्दा काठमाडौँ उपत्यकाबाट तराई तथा पूर्वका जिल्लामा पुग्ने यात्रुहरूको पहिलो रोजाइ बनेको हो ।
तर, गत असोजमा आएको बाढी–पहिरोका कारण बिपी राजमार्गका धेरै खण्डमा सडक क्षति भएकाले यात्रामा जोखिम बढेको यात्रुहरूको गुनासो छ । क्षतविक्षत सडक खण्डमा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना पनि उच्च रहेको उनीहरूको भनाइ छ ।

यात्रुवाहक बसहरूमा चाप अत्यधिक बढे पनि मालवाहक सवारीमा समेत यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.