पाल्पा: जिप दुर्घटना, २ जना गम्भीर घाइते

पाल्पा- रुपन्देही जिल्लाको बुटवल देखि पाल्पा हुँदै गुल्मीको मुसिकोट तर्फ जाँदै गरेको भी जिप पाल्पामा दुर्घटनामा परेको छ ।
बागमती प्रदेश ०१०३१ च ७९५७ नम्बरको ईभि जिल्लाको तानसेन नगरपालिका १४ अर्गली नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई सामान्य चोटपटक लागेको छ ।
घाइतेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा प्राथमिक उपचार पछि तानसेन स्थित युनाइटेण्ड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ ।
१४ जना यात्रु सवार ईभि जिप सडकबाट झन्डै ३० मिटर तल झाडीमा खसेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्