बिपी राजमार्गमा २० गते सम्म सबै खाले सवारी आवागमनमा रोक

काभ्रे — लगातारको वर्षाका कारण काभ्रे जिल्लाका मुख्य राजमार्गहरूमा ठुला–ठुला पहिरो र लेदो पस्दा यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

बिपी राजमार्ग अन्तर्गत रोशी १२ स्थित माम्ति खोला, पिन्थली, मंगलटार चार्जिङ स्टेशन र नार्केको उकालो क्षेत्रमा पहिरो र लेदोका कारण सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अरनिको राजमार्ग अन्तर्गत ३२ किलो–तिरतिरे धारा इलाकामा पनि पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

प्रशासनले हालको जोखिमपूर्ण अवस्था कायम रहेकाले सबै प्रकारका सवारीसाधनलाई आवागमन नगर्न अनुरोध गर्दै अस्थायी रूपमा रोक लगाएको जनाएको छ।
साथै, पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले जनतालाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र स्थानीय सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.