बडा दसैँको नवौँ दिन राष्ट्रपतिद्वारा नवकन्याहरुको पूजा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गर्नुभएको थियो ।

राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गर्नुभएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.