सुनसान छन् काठमाडौँ उपत्याकाका सडक- फोटो फिचर

काठमाडौँ- बडा दशैंको नवौँ दिन आज राजधानी काठमाडौँका सडकहरु सुनसान देखिएका छन्। राजधानीमा रहेका अधिकांश मानिसहरु दशैं मनाउन आफ्ना थातथलो फर्किएका कारण सडक, बजार र सार्वजनिक स्थलहरूमा सुनसान बनेका हुन ।

सामान्यतया भीडभाड हुने नयाँ बानेश्वर, चाबहिल, रत्नपार्क, कोटेश्वर लगायतका क्षेत्रमा पनि सवारीसाधन र मानिसहरूको आवागमन न्यून रहेको प्रहरीले जनाएको छ।


उपत्यकाका रहेका शक्तिपिठहरुमा भने भीडभाड बाक्लो छ ।

घर फर्किएका राजधानीवासी दशैंको टीका र जमरा ग्रहण गरेपछि मात्र पुनः फर्कने भएकाले अझै केही दिन राजधानी सुनसान नै रहने देखिएको छ।
फोटो- अशोक कुमार बस्नेत






प्रतिक्रिया राख्नुहोस्