चट्याङबाट रौतहटमा दुई जनाको मृत्यु

रौतहट –  अविरल वर्षासँगै खसेको चट्याङ बाट रौतहटमा दुई जनाको मृत्यु भएको छ।
चट्याङ लागेर एउटै टोलका दुई जना किशोरको मृत्यु भएको हो ।

चट्याङ लागेर जिल्लाको कट हरिया नगरपालिका वडा नम्बर – २ हथियायी बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हिजो बेलुका साढे ६ बजेको समयमा भीषण वर्षासँगै खसेको चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घर बाहिर निस्केको अवस्थामा एक्कासि चट्याङ खस्दा दुबै जनाको मृत्यु भएको बताइएको छ।

हिजो बिहानैदेखि चट्याङ सहित रौतहटमा भीषण वर्षा भइरहेको छ जसका कारण जिल्लाको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। अत्यधिक वर्षाका कारण सदरमुकाम गौर डुबानमा परेको छ भने जिल्लाका अन्य भूभाग समेत डुबानमा पर्न खतरा बढ्दै गएको छ।

पानी पर्ने क्रम अझै नरोकिएकाले अधिकांश ठाउँ भोलि बिहानसम्म जलमग्न हुने अवस्था रहेको देखिएको छ।
वर्षाका कारण बाढी, डुबान लगायत मनसुनजन्य विपद्का घटना हुनसक्ने भन्दै रौतहट प्रशासनले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.