इलामको दुई ठाउँको पहिरोमा परी ११ जनाको मृत्यु, १ जना बालिका बेपत्ता

इलाम- इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले नेपालटिभीअनलाइनलाई दिएको जानकारी अनुसार इलाम नगरपालिका वडा नम्बर ६ को घोष भन्ने ठाउँमा गएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु  भएको छ ।

यसैगरी, माइजोगमाई गाउँपालिका वडा नम्बर ६ को प्याङ  भन्न‍े ठाउँमा गएको पहिरोमा परी ५ जना मृत्यु भएको छ ।

सन्दकपुर- ३ मा पहिरोमा परी १ जना बालिका वेपत्ता भएकी छिन । अरु ठाउँको विवरण आउने क्रम जारी छ ।

बाढी र पहिरोले बाटोहरु अबरुद्ध हुँदा उद्दारमा कठिनाइ भएको प्रवक्ता गुरागाईको भनाइ छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.