इलाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ- विगत २४ घण्टामा भएको अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोमा पुरिएर इलाममा मात्र १८ जनाको मृत्यु भएको छ ।

इलामको सुर्योदय नगरपालिका वडा नं. १ मानेभञ्ज्याङमा ५ जना, माङ्सेबुङ गाउँपालिका वडा नं. १ पाटीगाँउमा ३ जना, देउमाई नगरपालिका वडा नं. ५ धारेमा एक जना, धुसुनेमा २ जना, फाकफोकथुम गाउपालिका वडा नं. ३ रातमाटेमा एक जना र इलाम नगरपालिका वडा नं. ५ घोसगाँउमा ६ जना गरी १८ जनाको पहिरोमा पुरिएर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभएको छ ।

अत्यधिक वर्षाका कारण आएको बाढी पहिरोले मेची राजमार्ग, कोशी राजमार्ग र सिद्धिचरण राजमार्ग ठाँउ-ठाँउमा अवरुद्ध भएका छन । बुझेर मात्र सवारी यात्रामा जान प्रहरीले आग्रह गरेको छ ।

धरान धनकुटा सडक पनि पहिरोका कारण अवरुद्ध भएपछि पहिरो पनछाउने कार्य भैरहेको छ ।

इलाममा ४ वटा पुलमा बाढीले क्षति पुर्‍याएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.