कमला नदीको बहावमा गिरावट, कोशी नदीमा पनि जलवहाव कम हुँदै

सिरहा /सप्तरी– सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निरन्तर परेको वर्षाका कारण पानीको बहाव उच्च भए पनि अहिले उक्त बहावमा क्रमशः गिरावट आएको छ। कमला सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार असोज १८ गते राति करिब १:३० बजे कमला नदीको बहाव ३,७८१ क्युसेक पुगेको थियो।लगातारको निगरानीपछि १९ गते बिहान ६ बजे नदीको बहाव २,७९२ क्युसेक मा झरेको छ भने अहिले दिउँसो १ बजेसम्म आइपुग्दा ९०० क्युसेकमा घटेको जानकारी प्राप्त भएको छ।

पानीको बहाव उच्च भएका कारण सुरक्षा निकायले नदी क्षेत्रको निरन्तर अनुगमन गरिरहेको छ। नदी आसपासका बस्तीहरूमा माइकिङ गरी सतर्क रहन आग्रह गरिएको छ। साथै, संभावित विपद् व्यवस्थापनका लागि सुरक्षाका सबै संयन्त्रहरू उच्च सतर्कतामा राखिएको सिरहा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।हालसम्म कर्जना नगरपालिकाको क्षेत्रमा नदीबाट कुनै क्षति नभएको पुष्टि गरिएको छ। यद्यपि, आगामी दिनमा थप वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयवासीलाई सजग रहन अपिल गरिएको

अविरल वर्षाका कारण कोशी नदीमा जलवहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन्। कोशी नदिको जलवाहपमा केही कमी आएको स्थानीय प्रशासनले जनाएको छ । बिहान १० बजे जलवहाव प्रतिसेकेण्ड ४ लाख ८६ हजार ७ सय ६० पुगेको थियो।खतराको संकेत स्वरूप कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डम्बर पुरीेका अनुसार कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ४ लाख ६८ हजार पुगेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिए ।उनका अनुसार आज बिहान १० बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।

शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता पुरीले जानकारी दिए ।कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
अहिले प्रशासनले यातायातमा राेक लगाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.