कारागार, सेनाको ब्यारेक र अस्पताल उच्च जोखिममा

सङ्खुवासभा-  सङ्खुवासभामा दुई दिनदेखि लगातारको वर्षापछि आएको पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन उच्च जोखिममा परेको छ ।

शनिबार दिउँसो आएको अविरल बर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी कम्पाउण्ड (पर्खाल) भत्किएको जेलर राजन घिमिरेले बताउनुभयो ।

पहिरोले कारागारको तल्लो भागको ३० मिटरको बाहिरी कम्पाउण्ड भत्किएर तलदेखि पहिरोले तान्न थालेको छ ।

पहिरो रोकथामका लागि आजदेखि मर्मत थालिए पनि बर्षाका कारण समस्या भएको छ ।

यसैगरी, पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्र दल गुल्मसमेत जोमिममा परेको छ ।

पहिरोले नेपाली सेनाको ब्यारेकको माथिल्लो भाग बगाएको छ ।

पहिरोले खाना पकाउने भान्सा घर र शौचालय जोखिममा परेको हो ।

यता, पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शैय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभएको छ ।

त्यस्तैगरी चैनपुर-३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ ।

आइतबार दिउँसो आएको बर्षाका कारण ढुङ्गा माटोले बनेको तेन्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको निमित्त प्रहरी प्रमुख लामिछानले बताउनुभयो ।

त्यस्तैगरी, पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ ।

माथिल्लो क्षेत्रमा लगातर ठूलो बर्षा भइरहेको र अरुण नदीका बेसिनहरु खतराको तह पार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्ला भित्रका ग्रामिण सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिनुभयो ।

भोटखोला जाने सडक अवरुद्ध

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ ।

उत्तर-दक्षिण सडक खण्डको मकालु गाउँपालिका-३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.