सिरहामा बाढीले अस्तव्यस्त दैनिकी, विस्थापितहरुलाई घर फर्कनै डर

 सिरहा- अविरल बर्षा र बाढीले सिरहाका दर्जनौं गाउँहरू प्रभावित भएका छन भने सयौँ घरपरिवार विस्थापित भएका छन्।

विस्थापितहरु पानी पर्न बन्द भएपनि घर फर्कन सकिरहेका छैनन । खानेकुरा र लत्ता कपडाकोअभाव उनीहरुलाई छ।  कतिपय संक्रामक रोग फैलन सक्ने भन्दै उनीहरुलाई सतर्क पनि गराइएको छ।

सिरहा सदरमुकाम, लहान, मिर्चैया, गोलबजार लगायतका क्षेत्रमा बस्तीमा पानी पसेपछि जनधन तथा चौपायामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीमा फसेका स्थानीय बासिन्दाहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गा र अन्य साधन प्रयोग गरी सुरक्षित स्थानमा उद्धार गरेको छ। वृद्ध, बालबालिका र महिलाहरूलाई प्राथमिकताका आधारमा उद्धार गरिएको हो।

यसका साथै, चौपायाहरूलाई पनि सुरक्षित स्थानमा सार्न स्थानीय बासिन्दा, स्वयंसेवक तथा पशुसेवाका कर्मचारीहरूले सक्रियता देखाएका थिए।

बाढीबाट विस्थापित नागरिकहरूलाई स्थानीय विद्यालय, सामुदायिक भवन र अस्थायी शिविरहरूमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय, रेडक्रस, सामाजिक संस्था र स्थानीय तहले राहत सामग्री वितरण गरिरहेका छन्। चामल, चिउरा, पिउने पानी, त्रिपाल लगायतका सामग्रीहरू प्रभावितहरूलाई प्रदान गरिएको छ।

स्वास्थ्य तथा सरसफाइको दृष्टिकोणले जिल्ला स्वास्थ्य कार्यालयले विशेष टोली परिचालन गरी शिविरहरूमा स्वास्थ्य जाँच, औषधि वितरण र सरसफाइसम्बन्धी जानकारी दिने काम गरिरहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.