गोसाइँकुण्ड क्षेत्रमा गएका १२ जना पदयात्रीको उद्धार,बेपत्ता चार जनाकोे खोजी जारी

काठमाडौँ– रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

बेपत्ता भएका अन्य चार जनाकोे ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.