धादिङमा आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

 धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ५ छाप कठेरीमा एक महिलाको खुडा प्रहार गरी हत्या भएको छ ।

कठेरीकी ५५ वर्षीया राममायाँ कडेँलको गए राति १० बजेतिर घरको आँगनमा खुडाले प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

धादिङका प्रहरी प्रमुख भेषराज रिजालका अनुसार हत्या गरिएको अभियोगमा राममायाँका ३० वर्षीय छोरा यमबहादुर कडेँललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गरेको थाहा पाएर पुगेका छिमेकिलाई समेत यमबहादुरले खुडा देखाएर तर्साएको स्थानीयले बताएका छन् ।

स्थानीय चौकी, सल्यान्टार प्रहरी चौकी र जिल्लाबाट गएका प्रहरीले यमबहादुरलाई घरबाट नै नियन्त्रणमा लिएको पनि धादिङका प्रहरी प्रमुख रिजालले बताउनु भयो ।

अहिले शव पोस्ट्मर्टमका लागि सदरमुकाम ल्याइएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.