पृथ्वी राजमार्गको यात्रामा सास्ती

 धादिङ –  वर्षा पछिको बाढी पहिरो र सडक कटानले गर्दा यात्रुहरूले पर्व मनाएर पृथ्वी राजमार्ग हुदै कर्म थलो फर्कँदा जति सास्ती बेहोर्नु पर्‍यो सडकका कारण राजमार्ग आसपासमा बसोबास गर्नेहरूले पनि उत्तिकै समस्या खेप्नु परेको गुनासो गरेका छन् ।
राजमार्गमा परेको खाल्टा खुल्टीले सवारी दुर्घटनाको जोखिम बढाएको छ भने सामान्य घाम लाग्दा उड्ने धुलो र पानी पर्दाको समयमा हुने हिलोले गर्दा सडक आसपासमा बसोबास गर्नेहरूलाई स्वास्थ्य समस्या समेत आउन थालेको छ । पृथ्वी राजमार्ग आसपासमा बसोबास गर्नेहरूलाई भने यो समस्या कुनै नौलो होईन ।वर्षौँदेखि यस्तै अवस्थामा बस्नु परेको भनाइ सडक छिमेकीहरूको छ । विशेष गरी मलेखु मुग्लीन सडक खण्डको पनि चरौदी बजार,कृष्ण भीर, जोगी मारा, मौवा खोला, फिस्लीङ्गको चिसोपानीधारा,कुरिन टार बजार क्षेत्र लगायत मनकामना केवल कार क्षेत्र आसपासमा बसोबास गर्ने मानिसले धुलोको निकै समस्या बेहोर्नु परेको छ ।
  यि क्षेत्रहरूमा बसेर व्यवसाय गर्नेहरूको व्यापार ब्यावसाय त चौपट नै भई सकेको दुखेसो छ । सामान्य घाम लाग्दा उड्ने गरेको धुलोले घरमा नै बसिकन्नु हुँदै न ,पानीपर्‍यो हिलोको समस्या उस्तै अब कहिलेसम्म यो समस्या झेलिरहने स्थानीयको गुनासो छ । विशेष गरी निर्माणाधीन अवस्थामा रहेको पृथ्वी राजमार्ग अन्तरगतको मलेखु मुग्लीन सडक खण्ड आसपासमा वसोवास गर्ने स्थानीय सडकबाट उड्ने धुलो र पानी पर्दा हुने गरेको हिलोका कारण हैरानी बेहोर्नु परेको हो । उनीहरूले जति सक्दो छिटो तत्काल सडक मर्मत गरिइदिनका लागी सरोकारवाल निकायसँग माग राखेका छन् ।
 खाल्टा खुल्टी सडकका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको भनाई उनीहरूको छ । निर्माण कम्पनीले गरेको लापरबाही र सडक जथाभाबी खनेर खाल्टा खुल्टी समेत नपुरी दिएको र काम गर्ने जनशक्ति नै परिचालन नगरिदिएको भन्ने आरोप स्थानी चरौदीबासीको छ । अहिले मलेखु मुग्लीन सडक खण्डको यात्रा निकै जोखिम र कष्टप्रद समेत बनेको छ । यसै गरी सो सडक खण्डको अधिकांश स्थानहरूमा पहिरो जोखिम समेत रहेको छ । सामान्य अवस्थामा पन्ध्र हजार देखी सत्र हजारसम्म सवारी गुड्ने पृथ्वी राजमार्गमा पर्वका वेला झन्डै दोब्बर भन्दा धेरै सवारी आवत जावतगर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.