अख्तियार प्रमुखसहित आयुक्तहरूलाई स्वैच्छिक राजीनामा दिन दबाब

काठमाडौं-  जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तहरुको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरुले सरकार तथा अख्तियारमा गएर लिखित रुपमा सो माग गरेका हुन् ।

जेनजीको तर्फबाट नेतृत्वहरु सामना लावती, रिजन रानामगर, अनुषा खनाल, आकृति घिमिरे, ओजस्वी भट्टराई, विशेष शाह, हेम चौधरी, अमित खनाल, आभास सापकोटासहितको हस्ताक्षर रहेको लिखित मागपत्रमा भ्रष्टाचारको अन्त्य र मुलुकको दण्डहीनता अन्त्यको लागि भन्दै सो माग गरिएको जेनजी सदस्यहरुको भनाइ छ ।

अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नेतृत्व आवश्यक रहेको माग गर्दै लिखित निवेदन प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरुलाई हस्तान्तरण गरिएको जेनजी सदस्यहरुले बताउनुभएको छ ।

अख्तियारका पदाधिकारी तथा सदस्यहरुलाई हटाउन संवैधानिक हिसाबले महाभियोग लगाउनुपर्ने व्यवस्था छ । तर अहिले प्रतिनिधिसभा (संसद) नभएको अवस्थामा स्वेच्छिक अवकाशको बाटोमात्र भएकाले जेनजी नेतृत्वहरुले अख्तियारका पदाधिकारीमाथि राजीनामा दिनुपर्ने दबाब बढाएका हुन् । भ्रष्टाचार अन्त्यको अभियानमा भूमिका निर्वाह गर्न नसक्ने भए नैतिकताका आधारमा राजीनामा दिन जेनजी अलाइन्सले आग्रह गरेको छ ।

जेनजी अलाइन्सले उठाएको अन्य मागहरुमा आवश्यक पर्दा अख्तियारका पदाधिकारीसहित सदस्यहरुमाथि नै छानबिन गर्नुपर्ने, सार्वजनिक संस्थाहरुको सम्पत्ति शुद्धीकरण अभियान चलाइनुपर्ने, त्यसमा सहयोग गर्न जेनजी युवाहरुको छुट्टै कार्यदल गठनको माग जेनजी अलाइन्सको रहेको छ ।

त्यस्तै, नीतिगत भ्रष्टाचारको सम्बोधनलाई कानुनमा आवश्यक संशोधनको आवश्यक सिफारिस गर्ने, संविधानको संशोधन गर्नुपर्ने बुँदा तर्जुमा गरी सिफारिसको मागसमेत जेनजी अलाइन्सको छ ।

जेनजी अलाइन्सले लिखित रुपमा दर्ता गराएको माग–

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.