काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष तीन दलको दावी पेश

काठमाडौँ- नयाँ सरकार गठनका लागि मधेश प्रदेशमा तीन दलले संयुक्त रुपमा दावी पेश गरेका छन।
नेपाली काँग्रेसको नेतृत्वमा मधेश प्रदेशमा सरकार गठन गर्ने प्रस्तावमा काँग्रेससहित नेकपा एमाले र जनमत पार्टीका प्रदेश सदस्यहरुले हस्ताक्षर गरेका छन ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न तीन दलका ५८ जना सदस्यहरुको हस्ताक्षरसहितको दावी प्रदेश प्रमुख समक्ष पेश गरिएको हो ।
मधेश प्रदेशका मुख्य मन्त्रीले राजिनामा दिएपछि मधेशमा राजनीतिक समिकरण र नेतृत्वमा फेरबदल हुन लागेको हो ।।







प्रतिक्रिया राख्नुहोस्