जेनजी’ प्रदर्शनपछि पहिलो पटक काँग्रेस मुख्यालय सानेपामा पदाधिकारी बैठक

बैठकमा आगामी केन्द्रीय कार्यसमितिका बैठकको कार्यसूचिमाथि छलफल गरिने

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्र्रीय कार्यालय सानेपामा आज दिउँसो बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्ने  र बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले  जानकारी दिनुभयो । साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने उहाँले बताउनुभयो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उहाँकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्यलाभपछि आराम गरिरहनुुभएका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोेडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.