काँग्रेस बैठक: बाहिरी चर्चा विशेष महाधिवेशनको, प्रस्ताव नियमित महाधिवेशनको

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशनको प्रस्ताव राख्नुभएको छ।

नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज बसेको बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सार्नु भएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्रीको प्रस्तावमाथि आज छलफल सुरु भएको छ ।

उपसभापति पूर्ण बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा जेन-जी विद्रोहपछि बदलिएको राजनीतिक विषयमा समेत गम्भीर रुपमा छलफल भएको काँग्रेसले जनाएको छ ।

जेन-जी विद्रोहपछि पार्टीको संरचना पुनर्गठन लगायत देशको पछिल्लो परिस्थितिका विषयमा समेत बैठकमा छलफल भएको पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

त्यस्तै जेन-जी आन्दोलनका क्रममा दलका नेताहरुमाथि भएको आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा सवै नेताहरुको समान धारणा रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता महतले अहिलेको अवस्थामा सबै दलहरुबीच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने पनि उल्लेख गर्नुभयो।

प्रवक्ता महतले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गर्नुभयो ।

उहाँले विश्वसनीय निर्वाचनको आधार नदेखिएपनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको धारणा व्यक्त गर्नुभयो ।

जेन-जी आन्दोलन पछि पहिलोपटक बसेको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित हुनुभएन ।

बैठकले असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय कार्य समितिका बैठकको एजेण्डा तय गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.