धादिङमा पशुधन सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

धादिङ-  धादिङका स्थानीय तहले पशु धन सुरक्षाका लागि किसानहरुले पालेका पशुचौपायका विमालगायत विरामी पर्दा औषधि उपचारका साथै गाई भैँसी बाख्रा सुत्केरी भत्ता समेत दिन थाले पछि पशुपालनतर्फ किसानहरु आकर्षित भएका छन ।
पशुधन सुरक्षाका लागि स्थानीय तहहरुले चलाएको अभियान प्रभावकारी मात्रै बनेको छैन ग्रामीण क्षेत्रका स्थानीयको आर्थिक उपार्जनको प्रमुख श्रोतसमेत बनेको छ ।
जिल्लाका स्थानीय तहहरुले निर्वाहमुखी पशुपालन मात्रै गर्दै आएकोमा किसानहरुलाई ब्यवसायिक बनाउने उदेश्यका साथ किसानहरुले पालेका पशु वस्तुहरुको विमा , पशुहरुलाई समेत सुत्केरी भत्तालगाएत स्थानीय तहले अनुदानको ब्यवस्था सुरु गरेका छन।
यस्ता सामान्य सुविधाले  निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरु पनि ब्यवसायिक बन्न थालेको सर्वेक्षणले देखाएको छ ।
किसानहरुले पालेको गाई भैँसी, बाख्रालगाएतका पशु पंक्षीको निःशुल्क विमालगाएत वेला बखतमा देखा पर्ने रोगहरुको निवारणका साथै उत्पादन विक्रिका आधारमा दिइने अनुदानका कारण किसानाहरुलाई निकै सहज भएको भनाइ किसानहरुको छ ।
स्थानीय तहले यसका सहजीकरण गरिरहेको गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाको बताउनु भएको  छ ।
यसले ग्रामीण क्षेत्रमा रहेका किसानहरुको आर्थिक अवस्था सुधारमा मात्रै सहयोग पुगेको छैन कारणबस पशुहरुमा क्षति
पुगि हाल्यो भने किसानहरुले घाटा समेत वेर्होनु नपर्ने भए पछि थप आकर्षण बढेको हो ।
पहिले घरायसी प्रयोजनका लागि मात्रै गाई, भैँसी ,खसी बाख्रा पाल्ने किसानहरुले आजकाल आर्थिक उपार्जनका लागि संख्या बढाउँदै लगेका छन ।
यस्ता स–साना सहयोगका कारण युवाहरु गाउँमा नै स्वरोजगार भएको भनाइ स्थानीय तहका प्रमुखहरुको छ ।
युवालाई स्वरोजगार बनाउने कृषि उत्पादनमा अत्मनिर्भर बन्ने स्थानीय तहको लक्ष्य अनुसार युवालाई उद्योगसम्म जोड्ने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.