हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

हुम्ला – हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ चंखेली गाउँपालिका-४ बेसी खोला स्थित भित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।

घाइतेहरूको उद्धारका गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ११ बजे चंखेली गाउँपालिका-६ मेल्छामबाट सुर्खेत जाँदै गरेको बाेलेराे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

मेल्छाम प्रहरी चौकीबाट ५ जनाको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पाेेखरेलले बताउनुभयो।

दुर्घटनामा परि घाइते हुनेहरूमा चंखेली गाउँपालिका-६ का १४ की बिमला बुढा, २८ वर्षीय मनवीर बुढा,वर्ष २६ का पार्वती  सिरन, २४ हंश लामा २८ का कैलाश सिरा, १९ का बहादुर लामा सिमकाेट गाउँपालिका-८ महेन्द्र राेकाया घटना स्थलबाट पिप्लाङ बर्थिङ सेन्टर लगिएको डिएसपी पाेखरेलले बताउनुभयो।

७ जनाको अवस्था गम्भीर र ३ जना मध्यम १”गरी ११ जना रहेतकाे डिएसपी पोखरेलको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.