मौलिक र पुराना वाद्यवादनका सामग्रहिरुको प्रयोगमा आएको कमीले व्यवसाय नै सङ्कटमा

धादिङ – मौलिक लोक बाजाहरूको प्रयोगमा कमी आएसँगै मादल, दम गडी, खैँजडीजस्ता वाद्यवादनका सामग्री निर्माण गरी बिक्री गर्ने ब्यावसाय नै सङ्कटमा पर्दे जना थालेको छ । आधुनिक विद्युतीय वाद्यवादनका सामग्रीको प्रयोग बढ्दै जाँदा मौकीक बाजाहरूको प्रयोगमा कमी आएको हो ।
तिहारमा खेलिने देउसी भैलो लागाएत मनोरञ्जनका बेला गाउँ घर तिर बाध्य वादनको रूपमा प्रयोग गरिने मादल, दम गडी, खैँजडी मुर्चु लगायतका पुराना वाद्यवादनका सामग्रीहरूको प्रयोग बिस्तारै कम हुँदै जना थालेको छ । यसले परम्परागत वाद्यवादनका सामग्री बनाउने पेसामा निर्भर मानिसहरूको जिविकोपार्जनका लागी मात्रै सङ्कट परेको छैन मौलिक संस्कृति लोप हुने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।
गत वर्षहरूमा दसैँ सकिए लगतै मादललगायत यस्ता बाजाहरू मर्मत गर्ने नयाँ बनाउने र किन्न आउनेको भिडले गर्दा बिक्री गर्न भ्याई नभ्याई हुने धादिङमा बाजा बिक्री गर्ने व्यवसायी यस वर्ष मादल बिक्री नै नभएको बत्ताउँछन् ।
दसैँ सकिए लगतै दैनिक दश पन्ध्र ओटा मादल बिक्री हुने गरेकोमा पछिल्ला केही वर्ष देखी त बिक्री निकै घटेको बताउँदै बिस्तारै पेसामा सङ्कट आउन थालेको भन्दै ब्यवसायीहरुको अन्य पेसा तिर लाग्ने सोच बनाएको बताए ।
धादिङ बजारमा गत केही वर्ष पहिलेसम्म एक दर्जनको हाराहारीमा मादल बनाउने र बिक्री गर्ने पसलहरू रहेकोमा सोको सङ्ख्या पनि घटेर अहिले जम्मा दुई ओटा मात्रै छन् ।
धादिङमा बादी जातिका मानिसहरूले मादल बनाउने र बिक्री गर्ने गर्दछन् । पहिले देखी पुर्खाहरूले नै गर्दै आएको पोसा भएकोले आफूहरूले नछाडेको बताउँदै अब यस्तै अवस्था भयो भने वैकल्पिक पेसाको खोजी गर्नु पर्ने उनीहरूको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्