शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा राजनीति दलका नेताहरु

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा जारी बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी हुनु भएको छ ।
मुख्य राजनीतिक दलहरु नेपली काँग्रेस, एमाले र माओवादी केन्द्रबाट भने पार्टी अध्यक्षहरु सहभागी नभई दोस्रो तहका शीर्ष नेताहरु सहभागी हुनुभएको छ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लागयतका नेताहरुले पार्टीको नेतृत्व गर्नुभएको छ।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष सचिव बर्षामान पुन पनि सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिले चुनावको वातावरण बनाउनको लागि सरकार र सबै राजनीतिक दलहरूसँग सामूहिक छलफल थाल्नु भएहो हो ।
प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक राजनीतिक दल सहितको बैठकमा सहभागी हुनु भएको हो ।
यसअघि, प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर दलहरुसँग समन्वय र सहकार्यका लागि वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो ।
निर्वाचन आयोगले दलहरुलाई यही असोज ३० गते छलफलका लागि बोलाएको छ। तर निर्वाचनका विषयमा हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै आशंका गरेपछि राजनीतिक रुपमा थप अन्यौल बढेको छ ।
त्यसो त नेपाली काँग्रेसको पदाधिकारी बैठकले पनि निर्वाचनको बारेमा अन्तिम निर्णय नगरेपनि आशंका भने व्यक्त गरेको छ।।






प्रतिक्रिया राख्नुहोस्