स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका रसुवा संवाददाता सुशील कोइराला पुरस्कृत

रसुवा – सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका रसुवा संवाददाता सुशील कोइराला स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गरिएको छ ।
पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको एघारौँ वार्षिक साधारण सभाको अवसरमा कोइरालालाई एघार हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
जिल्लाको बहु आयामिक सम्भावना पहिल्याई सबै क्षेत्रको विषयलाई उठान गरी सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन मार्फत पुराएको योगदानको कदर गर्दै स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरिएको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालले जनाएको छ ।
करिब दुई दशक अघि देखि पत्रकारितामा क्रियाशील संवाददाता कोइराला विगत उन्नाइस वर्ष सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनमा आबद्ध रहेका छन् ।
पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका स्याउवारिबाट र पर्यटन, कृषि, स्वास्थ्य लगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ ।
रसुवा जिल्लाकै पहिलो मन्त्री बनेका स्वर्गीय रामकृष्ण आचार्यको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्