रामधुनीमा सिटी सफारी चालकको गोली हानी हत्या

सुनसरी – सुनसरीको रामधुनी नगरपालिका–२ मा सिटी सफारी चालक ४७ वर्षीय दिनेश कुमार चौधरीको गोली हानी हत्या भएको छ । शनिबार साँझ करिब ७ बजेतिर सवारी साधन चलाइरहेका चौधरीमाथि मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरेको बताइिएको छ ।
सुनसरी प्रहरीले स्थानीयवासीबाट रगताम्य अवस्थामा व्यक्ति घोप्टो परी लडेकाे सूचना पाएपछि घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला परेकाे जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतकको बायाँ छातीको भागमा गोली लागेको पुष्टि भएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीका अनुसार घटना पछाडि रहेका व्यक्तिहरुको पहिचानका लागि विशेष टोली गठन गरी खोजी थालिएको छ ।
घटनाको कारण भने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले उक्त गोलीकाण्डले क्षेत्र नै त्रसित बनेको बताएका छन् ।
प्रहरीले सम्भावित संलग्नहरू पहिचान गर्न सिसिटिभी फुटेज र मोबाइल कल विवरणको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्