सात विद्यालयका बालबालिकालाई पोसाक हस्तान्तरण 

नुवाकोट-  विपन्न बालबालिकाहरूलाई शिक्षामा मद्दत गर्ने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा रहेका सात वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई एकै पटक विभिन्न सामग्रीहरू प्रदान गरिएको छ । एकै पटक दुई सय भन्दा बढी बालबालिकाहरूलाई ती सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत पञ्चकन्या गापाभित्रका सात वटा विद्यालयमा अध्ययनरत दुई सय चार जना विपन्न बालबालिकाहरू छनौट गरी उनीहरूलाई सात प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएको हो । उदयजालपा  माबि, मङ्गला माबि, सप्तकन्या आबि, मंगला आबि, पञ्चकन्या मावि, देवकीधरम आबि र क्षेत्रपाल आबिमा अध्ययनरत ती बालबालिकाहरूलाई शैक्षिक सामग्री अन्तर्गत स्वेटर, स्पोट्र्स जुत्ता, मोजा, रेनकोट, ट्रयाकसुुटलगायतका सामग्री गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग वितरण गरिएको सहजकर्ता रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्दै पञ्चकन्या गापाकी उपाध्यक्ष विमला पाठक केसीले यस वाट विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह जागेको वताउनुभयो । विद्या नै धन हो भन्ने मूल मर्म अनुसार बालबालिकाहरूलाई अध्ययनलाई पहिलो प्राथमिकता दिन उनले आग्रह गरिन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.