स्थानीय उत्पादन उपभोग गर्न आग्रह
–गाउँमा उत्पादित फुल मात्र प्रयोग गरिने

नुवाकोट- स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै नुवाकोटको तारकेश्वरमा गाउँमा उत्पादित फुल मात्र उपभोग गर्न आग्रह गरिएको छ । बजार मा पाइने महँगा खादा तथा माला भन्दा स्थानयि उत्पादन फुल मात्र प्रयोग गर्न तारकेश्वर गाउँपालिकाले सचेत गराएको छ ।
गाउँपालिका भित्रका सरकारी कार्यालयहरूलाई स्थानीयस्तरमा उत्पादित फूल मात्र उपभोग गर्न गापा अध्यक्षले निर्देशन दिनुभएको छ।
तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले गापा भित्रका सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा सहकारी संस्थाहरूले स्थानीय किसान संरक्षण र प्रवर्द्धनका साथै उत्पादनलाई प्रोत्साहन गर्नका लागि स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन दिनुभएको हो ।
गापाभित्रका जुनसुकै कार्यक्रमहरूलाई मितव्ययी बनाउन महँगा खादा, आयातित विभिन्न फूलका माला, ब्याचलगायतको प्रयोग निषेध गर्दै स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन उनले सचेत गराएका हुन् । यससँगै, अध्यक्ष अधिकारीले अबदेखि आफू कुनै पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नहुने र गापा अध्यक्षका रूपमा छोटो समयका लागि मात्रै सहभागी हुने बताएका छन् ।
रेडक्रस तारुका उपशाखाको कार्यक्रममा उहाँले् उक्त दुई निर्णयबारे जानकारी गराउनु भएको हो । नियमित जसो भइरहने कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा लामो समय व्यथित हुने भएकाले गापा अध्यक्षका रूपमा गर्नुपर्ने जनसेवाका कार्यहरूका लागि थप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उहाँको भनाई छ ।
यसका साथै उहाँले रेडक्रस तारुका उपशाखाको भवनलाई थप सहयोगको घोषणा गर्नुभयो । उहाँले गापाको सहयोगमा निर्माण भएको भवनको उद्घाटनको तयारी गर्न आग्रह गर्दै भवन सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र साउन्ड सिस्टम सहयोग गर्ने घोषणा गर्नुभयो । वर्षे नि सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष अधिकारीले तारकेश्वरवासी लगायत जोकोहीलाई आवश्यक पर्दा तत्काल रगत उपलब्ध हुने सुनिश्चित गर्न विशेष रूपले व्यवस्थापनमा ध्यान पु¥याउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठ, तत्कालीन तारुका गाविसका पूर्व अध्यक्ष विणारत्न शाक्य, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायतले सामाजिक सेवाको महत्वका विषयमा चर्चा गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्