सङ्खुवासभामा टिपर दुर्घटनाः चालक सहित दुई जना घाइते

सङ्खुवासभा –  कोशी राजमार्ग अन्तरर्गत सभाखोला –लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका –११ स्थित पुल डाडाँमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारी तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क् २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर टिपर चालक सिन्धुली नगरपालिका –१२ का ३० बर्षीय चुक्त बहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका –९ का २८ बर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताउनुभयो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते मध्ये सहचालक ट्याम्केमयुम –९ का २८ बर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताउनुभयो । उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ । त्यस्तैगरी चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.