पन्चकन्याका किसानहरु कांक्रो खेतिमा

नुवाकोट-  नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याका किसानहरु कांक्रो खेतिमा आकर्षित भएका छन् । कांक्रो खेतिवाटै किसानहरु आत्मनिर्भर वन्दै गइरहेका छन् ।

पन्चकन्यावासीले उत्पादन गरेको कांक्रो स्थानीय वजारका साथै ढिकुरे, छहरे, खरानीटार, काठमाडौ, विदुर, वट्टार, त्रिशूलीसम्म पुग्ने गरेको किसानहरुले वताए । काक्रो खेतीमा कृषकको आकर्षण वढिरहेको छ ।

पञ्चकन्याका घलेगाउँ, नेवारपानी, चुहान डाँडा, जैसिगाउका एकसय भन्दा धेरै घरधुरीले कांक्रो खेति गरेका छन् । स्थानीय कृषकहरु हाल आफ्नो बारीको कांक्रो बिक्री गर्ने चटारोमा छन् ।

रोपेको ४५ देखि ५० दिनमा फल्न सुरु भएको काक्रो तीन महिना भित्र सकिएर अर्को बाली लगाउन जमीन खाली हुने र अर्को वाली लगाउन सुरु गरिने स्थानीय कृषक फूलमान तामाङको भनाई छ । यो सिजनमा एकै जना किसानले एक लाख रुपैयाको कांक्रो बिक्री गरिसकेको पासाङ्ग लामाको भनाई छ ।

चाडपर्वको समयमा वजार तथा व्यक्तिले खरिद गरेर घरमै कांक्रो लैजाने गरेको किसानहरुले वताउनुभयो । यातायातको सहजतासंगै गाउंमा उत्पादित काक्रो वजार लगेर किसानहरुले विक्रि गरि आम्दानी गरिरहेको पन्चकन्या गाउँ पालिका अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताउनुभयो ।

किसानहरु कांक्रो टिपेर वजार लैजाने व्यवस्थापनमा रहेका कारण यसले आम्दानीको भरपर्दो श्रोत कायम गरेको गापा उपाध्यक्ष विमला पाठक केसीको भनाई छ । किसानहरुको प्रवद्र्धनका लागि रुडेक नेपालले पनि किसानहरुलाई सहयोग गरिरहेको उहाँले वताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.