निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने दिशामा सरकार – प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी गराउनु भएको छ ।
सामाजिक संजाल एक्समा लेख्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी अझ द्रूततर गतिमा अघि बढाइँदै लगेको बताउँदै यस्तो जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले आज भएको राष्ट्रपति सहित शुरक्षा प्रमुखको बैठकमा उहाँले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुनुपर्नेमा जोड दिनु भएको छ ।
बैठकमा सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको हो। चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको समेत जानकारी गराउनु भएको छ।
फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ। … (3/3)
— Prime Minister Sushila Karki (@pmsushilakarki) October 18, 2025






प्रतिक्रिया राख्नुहोस्