स्याङ्जाको वालिङमा बन्यो सुविधा सम्पन्न अस्पताल भवन

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको साझेदारीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको हो ।
वालिङ नगरपालिका–१, राम बाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्ध बाबा रुचि जेभिसँग १३ करोड लागतमा निर्माण गर्ने गरी २०७८ असार ८ गते सम्झौता गरेर भवन निमार्ण गरिएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो ।
कोभिडको महामारी,निर्माण सामाग्रीको अभावले गर्दा अस्पताल भवन निर्माण गर्न दुई पटक म्याद थप गरिएको थियो । स्थानीय विभिन्न व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिएको छ । तीन वटा ब्लकमा निर्माण गरिएको अस्पताल तत्कालको लागि १५ शय्याको हुनेछ । अस्पताल भवन निर्माणका लागि २७ करोडको डिपिआर अनुरूप भवन निर्माण भए पनि कर्मचारी आवास गृह भने निमार्ण गर्न वाकिनै रहेको छ ।
जिल्लामा नै धेरै जनसङ्ख्या बसोबास गर्ने वालिङमा सुविधा सम्पन्न अस्पतालको अभाव हुँदा यहाँका नागरिक पोखरा तथा पाल्पा सम्म उपचारका लागि पुग्नुपर्ने बाध्यता छ ।






प्रतिक्रिया राख्नुहोस्