स्वास्थ्य कर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

काठमाडौँ- सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्री पनि हुनुहुन्छ ।

समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भई रहेको मन्त्रालयका सचिव डा‍. विकास देवकोटाले जानकारी दिनुभयो आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने प्रयास भइरहेको डा. देवकोटाले बताउनु भयो ।

सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने माग राखेर नर्सहरु आन्दोलनरत छन् । सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपियाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.