देशभर मौसम सफा रहन्छ: जल तथा मौसम विभाग

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी, कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यताया सफा रहने छ ।।






प्रतिक्रिया राख्नुहोस्