प्रधानमन्त्रीले राजनीतिक दलसँग गर्ने संवादमा २ जना पर्यवेक्षक

काठमाडौँ- सरकारले आज राजनीतिक दलहरुसँगको संवादमा पर्यवेक्षक राखिएको छ । अप्रहान्न ४ बजेबाट सुरु भएको  दलहरुसँगको संवादमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकको रुपमा रहनु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । राजनीतिक दलहसँगको सम्वादका संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरुको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चुनावको वातावरण बनाउन भइरहेका विभिन्न प्रयासमध्ये एउटा प्रयासका रूपमा दलहरूसँग छलफल राखिएको सचिवालयले जनाएको छ । सरकारले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, पूर्व तयारी, सुरक्षा व्यवस्था लगायतका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बद्ध निकायसँग छलफल गर्दै आएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.