नेपाल संवत् ११४६ आज धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

 धादिङ – नेपाल संवत् ११४६ आज धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
यस संवत् लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको भए पनि धादिङमा भने सबै जात र जातीले एकै स्थानमा भेला भई मनाएका छन् ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुवात गराउनुभएको खुसीयालीमा देश भरीका नेवार समुदायका मानिसहरूले यो दिनलाई नयाँ वर्षको रूपमा मनाउन सुरु गरेको हो ।
धादिङमा भने हामी सबैको संवत् नेपाल संवत् भन्ने मूल नाराका साथ झिगुनेवाःसमाज धादिङको आयोजनामा धादिङबेशीमा प्रभात फेरीको आयोजना गरेको हो ।
सदरमुकाम धादिङवेशीको पुछार बजारबाट सुरु भएको प्रभात फेरीले बजार परिक्रमा गरी बिच बजारमा आई राष्ट्रिय विभूति शंखधर साःख्वाको सालिकमा माल्यार्पण गरी कार्यक्रम समापन गरिएको थियो ।
प्रभात फेरीमा सबै जात जात राजनीतीकर्मीसंगै विभिन्न समुदायका मानिसहरूको सहभागिता रहेको थियो ।
Kshetri

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.