मिर्चेया इस्कोन मन्दिरमा गोवर्धन पूजा सम्पन्न

मिर्चेया — हिन्दुहरूको महान् पर्व तिहार अन्तर्गत यमपञ्चकको चौथो दिन मङ्गलवार मिर्चेया स्थित इस्कोन मन्दिर परिसरमा गोवर्धन पूजा तथा गाई पूजन भव्य रूपमा सम्पन्न गरिएको छ।

पूजाको अवसरमा इस्कोन मन्दिरको प्राङ्गणमा गोवर्धन पर्वतको प्रतिकृति गोबर, माटो, फूल, अन्न तथा प्राकृतिक सामग्रीको प्रयोग गरी तयार पारिएको थियो। सो प्रतिकृतिको पूजा गरिँदै श्रद्धालुहरूले श्रीकृष्णको गोवर्धन लीलाको सम्झना गर्दै भजन, कीर्तन र आरतीमा सहभागिता जनाएका थिए। गाई पूजनबाट सुरु, गोवर्धन आराधनासम्म कार्यक्रमको सुरुवात बिहानै गाई पूजनबाट गरिएको थियो।

गाईलाई रङ्गीचङ्गी सजावट, मालाहरू तथा तिलक लगाइ पूजन गरिएको थियो। मन्दिरका पुजारी श्री रामा अयोध्यापति दासका अनुसार, “गोवर्धन पूजा केवल धार्मिक कर्तव्य मात्र होइन, यो प्रकृति, गाई, गोरु र कृषिप्रतिको सम्मान पनि हो।” सयौँ भक्तजनको उपस्थिति मिर्चेया मात्र नभई आसपासका बस्तीहरूबाट समेत सयौँ भक्तजनहरू पूजामा सहभागी भएका थिए।

मन्दिर परिसरमा विशेष सजावट गरिएको थियो भने सांस्कृतिक भजन-कीर्तन कार्यक्रमले वातावरणलाई भक्तिमय बनाएको थियो। प्रसाद वितरण र आध्यात्मिक प्रवचन पूजापछि उपस्थित भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो। साथै, आध्यात्मिक प्रवचनमा पुजारीहरूले गोवर्धन पूजा र यसको महत्वबारे जानकारी दिनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.