तिहार सकिएसँगै तराई मधेशसहित देशभर छठ पर्वको तयारी सुरु

काठमाडौँ – तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशभर प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।
मिथिलासहित तराई क्षेत्रको प्रमुख पर्वको रुपमा मनाईने छठका लागि पोखरी, नदी, तलाउका किनारहरुमा तयारी सुरु भएको छ ।
सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मतको कार्य जारी छ ।
छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ ।नदी किनारका पाँच सय मिटरसम्म पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्