कैलालीमा नहरमा पौडी खेल्न गएका ३ जना बालिकाको डुबेर मृत्यु

कैलाली- कैलालीमा पौडी खेल्ने क्रममा तीन बालिकाको डुबेर मृत्यु भएको छ ।

रानीजमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्न गएका बालिकाहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा जानकी गाउँपालिका-५ नवलपुरकी १२ वर्षीया सुलोचना तिमिल्सैना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन् । निषा र मानसी जुम्ल्याह दिदीबहिनी हुन् ।

पौडी खेल्ने क्रममा एक बालिका डुबेपछि अरु दुई जनाले उद्धार गर्न खोज्दा तीनै जना डुबेको प्रहरीको प्रारम्भिक अनुमान छ।

स्थानीयले तत्काल उद्धार गरी टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई तत्कालै मृत घोषणा गरेका थिए।

निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.