डोटीको बडी केदार धाममा कार्तिक १६, १७ र १८ गते धार्मिक मेला लाग्ने

डोटी – डोटीको बडी केदारमा धाममा तीन दिन धार्मिक मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडी केदार धाममा यहीँ कार्तिक १६,१७ र १८ गते धार्मिक मेला लाग्ने भएको छ।
बडी केदार धामलाई ठुला केदारको नामले पनि चिनिँदै आएको । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडी केदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका बडी केदार धामका मुख्य पुजारी सिद्ध राज बिनाडिले बताउनु भयो ।
बडी केदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार अत्तरकाडा बजार हुँदै पार्किङ सम्म सडक सुविधा रहेको छ। सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडी केदार धाममा पुग्न सकिने बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका निवर्तमान कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडिले बताउनु भयो ।
धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडी केदार क्षेत्रको विकास र प्रचारप्रसार हुन नसकेको स्थानीयले बताउने गरेका छन् ।
बडी केदार धाममा तीन चार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुण्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।





प्रतिक्रिया राख्नुहोस्