प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँस्थित कमलपोखरीमा छठपूजा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीस्थित छठपूजा स्थल पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गर्नुभएको छ ।
प्रधानमन्त्री कार्की आज अपरान्ह कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको हो ।
पूजास्थलमा पुगेर प्रधानमन्त्री कार्कीले त्यहाँ छठी माताको पूजा गर्नु भयो ।
पूजापछि उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभयो ।
प्रधानमन्त्री कार्की छठ पूजास्थल पुग्नुहुँदा उहाँलाई त्यहाँ रहनुभएका छठ पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
छठ पर्वको मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।।





प्रतिक्रिया राख्नुहोस्