धागो उत्पादन गर्ने सुनसरीको ‘रिलायन्स स्पिनिङ मिल्स’ बन्द, ४ हजार कामदार बेरोजगार

सुनसरी- देशकै ठूलो धागो उद्योगमध्ये एक रिलायन्स स्पिनिङ मिल्स लिमिटेड विद्युत् कटौतीका कारण विगत एक सातादेखि ठप्प भएको छ। उद्योग ठप्प भएपछि करिब ३५ सय भन्दा बढी कामदारको रोजगारी खोसिएको छ भने धागो निर्यात पूर्ण रूपमा रोकिएको छ।

नेपाल विद्युत प्राधिकरणले कात्तिक ४ गते ७५ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै उद्योगको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट आपूर्ति हुने बिजुली काटेपछि उद्योग पूर्ण रुपमा बन्द भएको हो ।

उद्योगले मासिक करिब ६ करोड रुपैयाँ विद्युत् बिल तिर्दै आएको दावी गरेको छ ।

उद्योगका प्रबन्धक महेश पोखरेलले भने, ‘हामीमाथि जबर्जस्ती ७५ करोडको बिल थोपरेर उद्योग बन्द गराइएको छ, बिजुली नजोडिएसम्म उत्पादन सुरु गर्न सकिँदैन। यसले उद्योग मात्र होइन, हजारौँ परिवारको रोजगारी जोखिममा परेको छ।’

मजदुर युनियनको भनाइ

रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मजदुरहरुले एउटा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन ।

विज्ञप्तिमा श्रमिक संगठन, स्थानीय प्रशासन र प्रदेश सरकारबीच तत्काल त्रिपक्षीय वार्ता गरेर समाधान निकाल्न माग गरिएको छ।

२०५१ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले अत्याधुनिक मेसिनरीमार्फत दैनिक एक सय टनभन्दा बढी धागो उत्पादन गर्दै आएको थियो।

उद्योगले टर्की, जापान, भारत लगायतका देशमा निर्यात गर्दै वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको थियो।

हाल उद्योग बन्द हुँदा उत्पादन शून्य भएको छ र देशभित्रका ३ हजारभन्दा बढी कपडा उद्योग कच्चा पदार्थ अभावमा प्रभावित भएका छन्। यस उद्योगमा ४ हजार मजदुर प्रत्यक्ष कामदारको रुपमा रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.