उपचारका लागि काँग्रेस सभापति देउवा र पत्नी आरजु सिंगापुर प्रस्थान

काठमाडौँ –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा उपचारका लागि गए राति सिंगापुर प्रस्थान गर्नु भएको छ।

देउवा दम्पती गए राति ११ बजेको उडानबाट सिंगापुर प्रस्थान गर्नु भएको हो।

गत भदौ २४ गते जेन–जी आन्दोलन क्रममा आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो । उहाँहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो ।

सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्र मन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए ।

त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.