६२ अंकले बढ्यो शेयर

काठमाडौँ- आज सेयर बजार ६२.२९ अंक बढेको छ । बजार बढेसँगै नेप्से परिसूचक २५७१ दशमलव ३४ अंकमा पुगेको छ ।
कारोबार खुलेको केही मिनेट बजार घटेपनि १० मिनेटपछि दिनभर उकालो लागेको थियो ।
कारोबार रकममा पनि उच्च वृद्धि भएको छ ।
आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको कारोबार भएको छ । २ सय ३६ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ ।
आज सबैभन्दा बढी विकास बैंकहरुको परिसूचक बढेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्