स्यहार्न नपाउँदै काटेका धानमा पानी, आलु र तोरीलाई भने राहत

 

रुपन्देही- तिहार लगत्तै काटेका धान भित्र्याउन नपाउँदै पानी परेपछि रुपन्देहीका किसान चिन्तित बनेका छन ।

रुपन्देही जिल्लाको विभिन्न पालिकामा खेतमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए । धान स्यहार्न नपाउँदै पानी परेपछि धान खेतमै उम्रिने होकि भन्ने चिन्ताले किसानलाई पिरोलेको छ । केही किसानले पानी पर्ने भन्दै हतारहतारमा स्याहारेका थिए । हिजोदेखि हिमाली भेगका हिमपात परेको छ भने तराई र पहाडी भूभागमा वर्षात भएको छ ।

मौसमविद्ले आज र भोलि तराई र पहाडी भुभागमा हल्का र मध्यम वर्षा हुने दावी गरेका छन । तिहारअघि र पछि रुपन्देहीको बुटवल, तिलोत्तमा, गैडहवा, सैनामैना, सिद्धार्थनगर, लुम्विनि लगायतका फाँटमा पाकेका धान किसानले भित्र्याउँने तयारीमा थिए । तर पानि परेपछि किसानको वर्ष दिनको मेहेनत छिन भरमा शखाप बनेको छ । फलेर झुलेको धान खेतमा ढलेको छ । बाला झरेका छन । यता धान भित्राइ सकेका किसान भने वर्षाले उत्साहित बनेका छन ।

पानि नपर्दा सुख्खा बनेको पहाडि क्षेत्र जमिन भने अहिलेको पानिले लगाइ सकेको आलु खेतिलाई अनुकुल हुने छ भने फूल्ने तयारीमा रहेको तोरी बाली पनि अहिलेको वर्षाले उब्जाउ बढ्ने अनुमान किसानले गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.