पौडी खेल्ने क्रममा कालिगण्डकीमा एक बेपत्ता एक उद्धार

स्याङ्जा  – पौडी खेल्ने क्रममा काली गण्डकी एक जना बेपत्ता भएका छन् । स्याङ्जा र पाल्पाको सङ्गम स्थल राम्दी मा बुधवार बिहान ९ बजे काली गण्डकीमा पौडी खेल्ने क्रममा कैलाली जिल्लाको लम्की १ घर भएका १५ वर्षका बखन साही बेपत्ता भएको स्थानीय शिव हरी आमात्यले जानकारी दिनुभयो ।
सँगै पौडी खेल्न गएका अर्का १६ बर्सिया बिराज न्यौपानेलाई भने प्रहरी र स्थानीय गोविन्द श्रेष्ठको सहयोगमा जीवितै उद्धार गरेको छ । उनीहरू देउसी भैलो खेल्नका लागी ना ६ ख २५३१ नम्बरको बसमा साथीहरू सँग घुम्न आएको र राम्दी मा झरी काली गण्डकी पौडी खेल्ने क्रममा सो घटन गएको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएको न्यौपाने लाई भने राम्द प्रहरी चौकीमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.