कुमाल समुदायको रैथाने पेसा सङ्कटमा

पाल्पा- सदियौँ देखि माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका पाल्पाका कुमाल समुदाय अहिले आफ्नो पुर्ख्यौली पेसा जोगाउन सङ्घर्षरत छन् ।
व्यवस्थित बजारको अभाव र प्लास्टिकजन्य भाँडाको बढ्दो प्रयोगका कारण यो रैथाने पेसा सङ्कटमा पर्न थालेको हा । दसैँ, तिहार, छठजस्ता पर्वमा माटोका भाँडाको विशेष माग हुने गरे पनि, पछिल्लो समय ती सामग्री बिक्री हुन छाडेका छन् । रामपुरका कुमाल हस्तकर्मी सोमबहादुर कुमालका अनुसार प्लास्टिकका भाँडा सस्ता र सजिलो भएपछि कुमालको उत्पादन माटोको भाडाले बजार पाउन छाडेको बताउनुभयो । माटोको गुणस्तर पनि अब समस्या बन्न थालेको छ । भाँडा बनाउन प्रयोग हुने कालो माटो भएको खेतमा रातो माटोको तह बढ्दै गएपछि काम गर्न योग्य माटो पाउन गाह्रो भएको उनीहरूको गुनासो छ । माटोबाट परम्परागत रूपमा हाँडी, गाग्रो, गमला, आरी लगायतका सामग्री बनाउने कुमाल समुदाय अहिले वैकल्पिक पेसातर्फ धकेलिन थालेका छन्। । पूर्वी पाल्पाको रामपुर, बगनासकालिको पोखरा थोक, रैनादेवी छहराको सिद्धेश्वर लगायतका स्थानमा बसोबास गर्ने कुमालहरूले पुस्तौँदेखि यो सिप जोगाउँदै आएका थिए ।
तर, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्दा यो सांस्कृतिक पहिचान र जीविकोपार्जन दुवै हराउने जोखिममा परेको छ ।






प्रतिक्रिया राख्नुहोस्