मकालु आधार शिविर क्षेत्रमा बर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह

सङ्खुवासभा : सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिकूल मौसमका कारण उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको हो। आज बिहानदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्य स्थलका बारेमा पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो।

प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा  हल्का वर्षा भइरहेका कारण थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविर सहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.