रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते

रुपन्देही- रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो।

दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्।

तीनै जनाको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.