शिवनाथ मेलाबाट फर्किने क्रममा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बैतडी- शिवनाथ धाममा लागेको मेलाबाट फर्किने क्रममा बैतडीको मेलौली नगरपालिका-७ स्वाखानीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा परी मृत्यु हुनेमा मेलौली नगरपालिका-२ दुर्गास्थाना स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।

उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।

घाइते हुनेमा जीप चालक दरशथचन्द नगरपालिका– ७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका- २ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेर र अर्का छोरा ओमप्रकास पाण्डेय रहेका छन् ।

जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको इन्सपेक्टर बडुले बताउनुभयो । घाइते गाडी चालक जनकराज बडु बाहेक अन्य तीन जनाको अवस्था सामान्य  मध्यम रहेको बुझिएको छ ।

चालक बडुको टाउकोमा चोट लागेको छ । घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

जीप सडकबाट करिब १० मिटर तल खसेको इन्सपेक्टर बडुले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.