प्रतिनिधि सभा पुनःस्थापनामा सर्वोच्चको फैसला नै निर्णायक : एमाले महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलालाई आधार मानेर पार्टीले निर्णय लिने बताउनु भएको छ । प्रेस चौतारी दाङले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतको निर्णय आउनुअघि कुनै निष्कर्षमा पुग्नु हतारो हुने बताउनु भएको हाे ।
उहाँले विगतका नजिरका आधारमा प्रतिनिधि सभा विघटन संविधानसम्मत नभएको स्पष्ट हुँदै आएको उल्लेख गर्नुभयाे ।
पोखरेलका अनुसार सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भएको भन्दै त्यसका नजिर कानुन सरह मानिने तर्क पेश गर्नुभएको छ ।
महासचिव पोखरेलले वर्तमान सरकारले नागरिक सुरक्षाप्रति गम्भीरता नदेखाएको आरोप पनि लगाउनु भयाे ।
उहाँले भदौ २३ र २४ गतेका घटनालाई क्रान्ति नभई राष्ट्रविरोधी गतिविधि भएको टिप्पणी गर्नुभयाे ।
पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी व्यवस्थामाथि प्रहार भएको बताउनुभयाे ।






प्रतिक्रिया राख्नुहोस्